एमालेका ९ जनसंगठनको सम्मेलन तय

काठमाडौं ।
नेकपा (एमाले)को सबै जनवर्गीय संगठनका राष्ट्रिय अविधेशन/सम्मेलन मिति तय गरिएको छ । ९ जनवर्गीय संगठनको महाविधेशन/सम्मेलन मिति घोषणा गरिएको एमाले जनसंगठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन् । सबै जनसंगठनले चैत मसान्तभित्र अधिवेशन/सम्मेलनका लागि मिति घोषणा गरेका हुन् ।
गत पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न जनसंगठनको भेलाले आगामी चैत मसान्तभित्र राष्ट्रिय अधिवेशन/सम्मेलन गर्ने निर्णय गरेका थिए । सदस्य खड्काले सबै जनसंगठनका पदाधिकारी र सचिवालय बैठकले अधिवेशन/सम्मेलनको मिति तोकेको जानकारी दिए ।
अनेरास्ववियुको आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा, नेपाल खेलकुद महासंघको फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा, रिटर्नी फेडरेसन नेपालको चैत ११ र १२ गते काठमाडौँमा सम्मेलन हुने भएको छ ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको चैत १८ र १९ गते काठमाडौँ, नेपाल पिछडा वर्ग महासंघको चैत २२ र २३ गते वीरगञ्जमा, पेसागत महासंघ नेपालको चैत २४ र २५ गते काठमाडौँमा, अखिल नेपाल महिला संघको चैत २५ देखि २६ गते काठमाडौँमा, अखिल नेपाल किसान महासंघको चैत २६ देखि २८ गते नवलपुरमा र राष्ट्रिय युवा संघको चैत २७ देखि २९ गतेसम्म बाँकेमा सम्मेलन हुने जनाइएको छ।
एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि जनवर्गीय संगठनका अधिवेशन नियमित हुन सकेका थिएनन् । एमालेका २३ जनवर्गीय संगठन छन् ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया