मन्त्रालय कटौती र सुशासन

सत्ता गठबन्धनका दलले गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय बनाउने सहमति गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वको सरकारले अहिले अस्तित्वमा रहेका १२ मन्त्रालयलाई ७ वटामा झारेको हो । मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रिपरिषद्लाई समेत पूर्णता दिएको छ ।
अहिले गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वातावरण र कृषि तथा जलस्रोत मन्त्रालयमात्र कायम छन् ।
विगतमा सत्ता साझेदार दललाई भाग पुर्याउन धमाधम मन्त्रालय बढाउने तथा भएको मन्त्रालयलाई फुटाउने काम भयो । जसलाई जनस्तरमा झ्यालझ्यालमा मन्त्रालय बनाएको भनी टिका टिप्पणी समेत भयो । प्रदेशमा आवश्यकताभन्दा धेरै मन्त्रालय राखेर प्रशासनिक खर्च बढाउँदा संघीयतामाथि नै प्रश्न उठिरहेको छ ।
अघिल्लोपटक कानुनविपरीत मन्त्री थपेर राज्यकोषमा व्ययभार बढाइएको चौतर्फी आलोचना भएको थियो ।
संघीय सरकारले पनि प्रदेशको प्रशासनिक खर्च कटौतीमा चासो राखेको छ । प्रदेश सभाको कुल सदस्य संख्याको १० प्रतिशत नबढ्ने गरी मन्त्री नियुक्त गर्नु पर्छ । जुन संसदीय समितिको सिफारिसको सीमा नै हो ।
प्रदेश संरचनाको पहिलो कार्यकालमा मन्त्रालय फुटाएर सरकार बचाउने र ढाल्ने खेलमा लागेका प्रमुख दल यसपटक त्यसलाई सच्याएका छन् । प्रदेशका अनावश्यक मन्त्रालयले राज्यलाई आर्थिक भार बढाउनुका साथै संघीयताप्रति नै नकारात्मक धारणा बनिरहेको अवस्थामा सत्तारुढ दलको काम सकारात्मक छ । जनस्तर र विज्ञहरूबाट गुनासो आइरहेका अवस्थामा सत्तारूढ दलहरूले मन्त्रालय घटाउने कदमको सबैले स्वागत गरेका छन् ।
गण्डकी प्रदेशमा विगतमा भएको अध्ययनले १० वटा भन्दा बढी मन्त्रालय आवश्यकता नभएको सुझाव दिएको थियो । जुन सुझावलाई अहिलको सरकारले कार्यान्वयनमा ल्याएको छ । आन्तरिक राजश्व बढाउन नसकेको अवस्थामा सार्वजनिक खर्च कटौती गर्दै प्रशासनिक सुधारमा ध्यान दिनु पर्छ । प्रदेशले आन्तरिक रुपमा स्रोत बढाउन नसक्ने र साधारण खर्चमा भने बढ्दै जानुलाई सकारात्मक रुपमा लिन सकिन्न ।
प्रशासनिक खर्च घटाउने र पूँजीगत खर्च बढाउँदामात्र जनतामाथि न्याय हुन जान्छ । प्रदेश सरकारले मन्त्रालय कटौैती गर्दा प्रशासनिक खर्चमा गइरहेको रकम विकासमा खर्च गर्न सकिन्छ । सुशासन प्रवद्र्धनका साथै पारदर्शिता कायम गर्न मद्दत पुग्छ ।
गण्डकी प्रदेशको हकमा मुख्यमन्त्री अधिकारीले सार्वजनिक समारोहमा पटक पटक मन्त्रालय घटाउने तथा अनावश्यक प्रशासनिक खर्च कटौती गरेर मितव्ययी बन्ने योजना सुनाएका थिए । अहिले मुख्यमन्त्री अधिकारीको भनाई कार्यान्वयनमा आएको छ ।
सानो आकारको मन्त्री मण्डले छिटो–छरितो र पारदर्शी ढंगले कार्यसम्पादन गरे प्रदेशप्रति जनताको आशा र भरोसा बढ्छ । गण्डकीले सुरुवात गरेको मन्त्रालय कटौतीको अभ्यासलाई अरु प्रदेशले पनि सिको गर्नु पर्छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया