गण्डकीका कृषिमन्त्री गुरुङले गरे पदभार ग्रहण

समाधान संवाददाता २०७९ माघ ११ गते १३:१२

पोखरा ।
गण्डकी प्रदेशका कृषि , उर्जा तथा जलस्रोत मन्त्री बेदबहादुर गुरुङले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ प्रदेश प्रमुखको निवासमा सपथ लिए लगतै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

Advertisement

पदभार ग्रहण गरेपछि मन्त्री गुरुङले २ वटा निर्णय गरेका छन् । उत्कृष्ट कृषि पुरस्कारबारे कार्यविधि स्वीकृत र जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेका हुन् ।

पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीको नियुक्त भएका खगराज अधिकारीको मन्त्रिमण्डलले मंगलबार मात्र पूर्णता पाएको छ ।

तपाईको प्रतिक्रिया