मगर संघ प्रदेश अधिवेशन १४ गते

पोखरा ।
नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघको दोस्रो गण्डकी प्रदेश अधिवेशन यही माघ १४ गते हुने भएको छ । दोस्रो अधिवेशनको तयारी तीव्र बनाइएको प्रदेश सभापति पदमबहादुर पुनले बताए ।
यसअघि, पटक पटक मिति घोषणा भएर पनि स्थगित हुँदै आएको संघको प्रदेश अधिवेशन यस पटक माघ १४ गते शनिबार हुने भएको हो ।
अधिवेशनको उद्घाटन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सभापति पुनले जानकारी दिए ।
अधिवेशनलाई सम्बोधन गर्न पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारी, गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेल गायतका नेताको उपस्थिति रहनेछ ।
अधिवेशनमा १० जिल्लाका झण्डै ५ सय प्रतिनिधि सहभागी हुने संघका कास्की जिल्ला सभापति महावीर थापाले बताए ।
जसमा प्रत्येक गाउँपालिकाबाट १ महिला र २ पुरुष, नगरपालिकाबाट २ महिला र ३ पुरुष प्रतिनिधि सहभागी हुनेछन् ।
अधिवेशनअघि लखनचोकमा रहेको नेपालका प्रथम सहिद लखन थापामगरको शालिकमा माल्र्यापण गरी मगर संस्कृति झल्किने झाँकीसहितको र्यालीसमेत निकालिने थापाले जनाए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया