खास्टेताल मत्स्य सहकारीको सरसफाई

समाधान संवाददाता २०७९ माघ ११ गते १६:०६
Exif_JPEG_420

लेखनाथ ।
खास्टेताल मत्स्य तथा कृषि सहकारी संस्थाले साताैं स्थापना दिवसमा मंगलबार सरसफाई अभियान संचालन गरेको छ ।

Advertisement

खास्टे तथा न्यूरेनीतालको संरक्षण गर्दै आय आर्जनका लागि माछा पालन गर्दै आएको सहकारीले तालको उचित संरक्षण र सरसफाई हुनुपर्ने अभियानलाई अगाडी बढाएको हाे ।

कार्यक्रममा स्थानीय आमा समूह, सेयर सदस्य र कार्यसमितिका पदाधिकारीकाे सहभागी थियाे । खास्टे ताल वराही मन्दिर, ताल किनारा वरिपरीका उनीहरुले संकलन गरेकाे फोहोरलाई उचित तरिकाले विर्सजन गरिएको थियो ।

कार्यक्रमको सुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडा सदस्य सुदिपराज ढुंगानाले प्राकृतिक स्रोत र साधनको संरक्षण गर्ने दायित्व स्थानीयवासीको हुने विचार राखेका थिए ।

जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष छवि लामिछानेले सहकारीले आय आर्जनका लागि माछा पालन व्यवसाय उपयुक्त रहेकाे र यसलाई अझै प्रभावकारी बनाउनु पर्ने सुझाव राखेका थिए ।

Advertisement

संस्थाका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्ति पौडेलले धन्यवाद र सचिव नवराज ढुंगानाले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया