पाेखरामा एकाबिहानै डरलाग्दाे दृश्यः प्रारम्भिक अनुसन्धान भन्छ, नाथ्री फुटेकाे हाे
समाधान संवाददाता
२०७६ वैशाख २९ गते ९:३१

समाधान सम्वाददाता
पोखरास्थित मानवअधिकार चोक नजिक एक घरकाे सटर अगाडी केही थाेत्रा कपडा र रगतजस्ताे राताे टाटाे देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले खाेजबिन थालेकाे छ ।
एकाबिहानै उक्त स्थलमा डरलाग्दाे दृश्य देखेपछि वाकमा निस्किएका व्यक्तिहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दिएकाे जानकारी अनुसार उक्त सामग्री सडक बालकहरुकाे हाे । त्यस्तै एक बालककाे पहिलेदेखि नाथ्री फुट्ने गरेकाे र साेही रगत भएकाे प्रहरीले जनाएकाे छ ।
यद्यपि, घटनास्थललाई नियाल्दा प्रहरीकाे उक्त भनाई पत्याउने आधार छैन । रगतकाे मात्रा अत्यधिक देखिनुले घटना शंकास्पद मान्न सकिन्छ । प्रहरीले दुई जना सडक बालकलाई पक्राउ गरी अनुसन्धान शुरु गरेकाे छ ।
सम्बन्धित










मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया