टाइगर कपमा सम्राज्ञी र जितु आउने

समाधान संवाददाता २०७९ माघ १३ गते ११:१५

पोखरा ।
कलाकार सम्राज्ञी राज्यलक्ष्मी शाह र हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) टाइगर कप भलिबल प्रतियोगिताका लागि आउने भएका छन् ।

पोखरा रंगशालामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९ को फाइनल खेल अवलोकनसँगै मनोरञ्जन प्रदान गर्न उनीहरु पोखरा आउन लागेका हुन् ।

उनीहरु माघ १४ गते पोखरा रंगशालामा हुने फाइनल हेर्न आउने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले बताए । कलाकारहरु दर्शकलाई उत्साह भर्न आउन लागेको उनले जानकारी दिए ।

Advertisement

‘हामी उहाँहरुलाई स्वागत गर्न आतुर छौं । उहाँहरुको आगमनले दर्शकले खेलसँगै भरपुर मनोरञ्जन प्राप्त गर्नेमा हामी विश्वस्त छौं,’ अध्यक्ष शर्माले भने ।

हेरी की प्यारी चलचित्रको प्रचारमा दुबै कलाकार यति बेला व्यस्त र छन् । नाट्य कलाबाट चलचित्रमा उदाएकी कलाकार सम्राज्ञीले दर्जन चलचित्रमा सफल अभिनय गरेकी छन् ।

Advertisement

उनले ए मेरो हजुर २, मंगलम, इन्टु मिन्टु लन्डनमा, रातो टीका निधारमा, मारुनी, हेरी की परी लगायत चलचित्रमा सफल अभिनय गरेकी छन् ।

स्टान्ड अप कमेडियनको रुपमा रहेका नेपालले जिरे खुर्सानी, ट्वाक्क–टुक्क लगायतका हास्य टेली ऋंखला लगायत चलचित्र छक्का पञ्जा लगायत दर्जनौं चलचित्रमा भूमिका निभाएका छन् । उनको मुन्द्रेको कमेडी क्लबसमेत चर्चित छ ।

तपाईको प्रतिक्रिया