तेस्राे टाइगर कप: गण्डकी र एपिएफ च्याम्पियन

समाधान संवाददाता २०७९ माघ १४ गते २०:२८

पोखरा ।
गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल (एपिएफ) तेस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियन भएका छन् । टाइगर ग्रुप अफ पोखराले पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार आयोजना गरेको फाइलन खेलमा विजयी हुँदै पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफ च्याम्पियन बनेको हो ।

गण्डकीले विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेट १६–२५ ले गुमाएको गण्डकी प्रदेशले दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो । चौथो सेटमा २८–२६ ले एपिएफले आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौ सेटमा गण्डकीले उत्कृष्ट प्रर्दशन गर्दै १५–८ जित निकाल्र्दै उपाधि चुम्न सफल भयो ।

उपाधि चुमेको गण्डकीले नगद ५ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता बनेको एपिएफले २ लाख ५० हजार प्राप्त ग¥यो । तेस्रो बनेको नेपाल पुलिस क्लबको १ लाख २५ हजार र सान्त्वता त्रिभुवन आर्मी क्लबले ६५ हजार पायो ।

Advertisement

विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफ महिलातर्फ विजेता बनेको हो । एपिएफले पहिलो सेट २५–२० ले जित्दा दोस्रो सेट २२–२५ ले आर्मीलाई गुमाउन पुग्यो । तेस्रो सेटमा एपिएफले उत्कृष्ट पुगरागमन गर्दै २५–८ को जित निकाल्यो । चौथो सेटमा आर्मीलाई २५–२२ ले पराजित गर्दै दोस्रो पटक उपाधि उचाल्न सफल भयो ।

एपिएफले लगातार दोस्रो पटक टाइगर कपको उपाधि उचाल्यो । उपाधि उचालको एपिएफले ५ लाखसहित ट्रफि र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता बनेको आर्मीले २ लाख ७० हजार प्राप्त गरेको छ ।

Advertisement

होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस क्लबले तेस्रो स्थान हासिल गरको छ । आयोजक गण्डकी प्रदेश सान्त्वना भएको छ । तेस्रो भएको न्यु डायमन्डले १ लाख २५ हजार र सान्त्वना भएको गण्डकीले ६५ हजार प्राप्त ग¥यो ।

गण्डकी प्रदेशका रवि केसी सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदा महिलातर्फ एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट हुन सफल भइन् । उनीहरुले जनही नगद २५ हजारका साथमा ट्रफी प्राप्त गरे ।

पुरुषतर्फ बेस्ट स्पाइकरमा एपिएफका टेकराज अवस्थी, बेस्ट ब्लकरमा गण्डकीको टिममा समावेश भारतीय खेलाडी नितिन, बेस्ट सेटरमा गण्डकीका विवश आले, बेस्ट स्पाइकरमा एपिएफका विनोद चन्द र बेस्ट सर्भरमा गण्डकीका घनश्याम चौधरी घोषित भए । पुरुषतर्फ उत्कृष्ट प्रशिक्षकमा गण्डकीका रमेश केसी भए भने महिलातर्फ एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक भएका छन् ।

महिलातर्फ बेस्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, बेस्ट ब्लकरमा आर्मीकी संगम महतो, बेस्ट सेटरमा न्यू डायमन्डकी प्रगती नाथ, बेस्ट लिबिरोमा आर्मीकी सरस्वती जैसी घोषित हुँदा बेस्ट सर्भरको उपाधि भने गण्डकीकी अरुणा शाहीले प्राप्त गर्न सफल भइन् । पुरुष र महिलातर्फ उत्कृष्ट घोषित हुने खेलाडीले जनही नगद १० हजार बराबरको एक्स–टेप कम्पनीको जुताका साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

तपाईको प्रतिक्रिया