बेपत्ता यात्रुको खोजी जारी

काठमाडौं ।
यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज दुर्घटनाामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।
काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका १ यात्रु अझै भेटिएका छैनन् । सेनाले खोज तथा उद्धार जारी राखेको छ ।
कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते नै दुर्घटनास्थलमा खटिएको खोज तथा उद्धार टोलीलाई फिर्ता गर्ने निर्णय गरे पनि हराइरहेका यात्रुको खोजी कार्य दैनिकरूपमा भइरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
चालक दलका ४ सहित ७२ यात्रु सवार उक्त विमान पोखराको नयाँ गाउँ नजिक सेती नदीको खोचमा खसेको थियो ।
विमान दुर्घटनाको खबर प्राप्त हुनासाथ खोज तथा उद्धार कार्यलाई प्रभावकारीरूपमा सञ्चालन तथा समन्वय गर्न उपरथी दीपक बानियाँको नेतृत्वमा केन्द्र स्थापना गरी सहायक रथि सुदर्शन सिल्वाल लगायत खटिएका थिए ।
सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा फेला परेका शवलाई परीक्षणका लागि अस्पताल पु¥याउने र ब्लाक बक्सलगायत सामग्री नेपाल नागरिक प्राधिकरणलाई हस्तान्तरण गरेको थियो । संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा दुर्घटनामा परेका ७१ जनाको शव फेला पारेको थियो ।
दुर्घटनास्थल खोच र कठिन भौगोलिक अवस्थाका कारण शव जल्नुका साथै टुक्रिएर छरिएकाले संकलन र उद्धारका लागि विपद् व्यवस्थापनसँग सम्बन्धित विशेष फौज परिचालन गरिएको थियो ।









ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया