बागलुङ समाज पोखराको सभा

पोखरा ।
बागलुङ समाज पोखराको २२ औं साधारणसभा शनिबार भएको छ । सभाले सचिव नरेश सुवेदीको प्रगति प्रतिवेदन र कोषाध्यष भवानी शर्माको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले सामाजिक एकता र सहकार्यबाट नै समाजको विकास हुँदै आएको बताए । उनले देशको समृद्धि, विकास र युगको अपेक्षा पूरा गर्ने दायित्व नागरिकदेखि सरकारसम्म सबैको भएको बताए ।
समाजका अध्यक्ष डिल्लीराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संसदहरु लीला थापा, डिल्लीराम सुवेदी र दीपेन्द्र थापा, पूर्वअध्यक्ष कुलचन्द्र शर्मा, निवर्तमान अध्यक्ष सुनिल पाण्डे लगायतले बोलेका थिए ।
प्रदेश र प्रतिनिधिसभामा बागलुङबात विजयी सांसदहरुलाई सम्मान गरिएको कार्यक्रममा बागलुंगे कलाकारले प्रस्तुति राखेका थिए । समारोहमा स्वर्गीय प्रेमप्रसाद सापकोट स्मृति पुरस्कारबाट तुमिन थापा, कामना पौडेल र करुणा सुनुवार सम्मानित भएका छन् ।









पशुपति मन्दिरको सभा
विद्यार्थीको दाँत जाँच
डुंगा दौड जित्नेलाई खसी
समानुपातिकमा २२ दलको मात्रै पूर्ण उम्मेदवारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया