चापाकोटमा २८ गते महोत्सव
पोखरा ।
पोखरा महानगरपालिका २३ स्थित पर्यटकीयस्थल चापाकोटको पर्यटकीय विकासलाई लक्षित गरी यही माघ २४ गतेदेखि २८ गतेसम्म चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ हुने भएको छ ।
चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुने महोत्सवको सहप्रयोजक चापाकोट देउराली सामुदायिक होमस्टे छ । महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रम तथा प्रतियोगिता हुने समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिए ।
महोत्सवमा नौमती बाजा, भजन, रत्यौली, खेलकुद, बाल नृत्य, दुना टपरी गाँस्ने लगायतका प्रतियोगिता हुनेछन् । महोत्सवमार्फत् स्थानीय प्राकृतिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, पर्यटन पर्यावरण विकास गर्ने, स्वरोजगारीमार्फत् आय आर्जनमा वृद्धि गर्ने विश्वास लिइएको छ ।
महोत्सवबाट बचत रकमबाट पर्यटन प्रवद्र्धनका लागि ठाउँ ठाउँमा सांकेतिक बोर्ड राख्ने, वृत्तचित्र निर्माण गर्ने, वेबसाइटमार्फत् प्रचारप्रसार गर्ने, पुस्तक पर्चा, छपाइ र वितरण गरिने भएको छ ।
समितिले बाम्दीबाट भुम्दीकोटसम्म पुग्ने पैदलमार्ग सिँढी बनाउने, होमस्टेलाई थप गुणस्तरीय बनाउने र नयाँ थप्ने प्रयास गर्ने लगायत योजना बनाएको छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया