पर्यटन विकासमा ध्रुवको नेतृत्व

लेखनाथ ।
बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाको तेस्रो वार्षिक साधरणसभा तथा दोस्रो अधिवेशनले धु्रवनाथ अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मित्रलाल भण्डारी, शान्ति खनाल र गंगाराम सुवेदी निर्वाचित भएका छन् ।
सदस्यमा कृष्ण ढुंगाना, सीता कार्की, कल्पना अधिकारी, सुरेन्द्र कँडेल, रविराज कँडेल, भरत ढकाल, भानुभक्त पौडेल र निरंजन विक निर्वाचित भए ।
बेगानासतालको बीच भागमा पर्ने कँडेलटुँडाको एतिहासिक धार्मिक स्थललाई बराह क्षेत्रको रुपमा विकास गरी धार्मिक र पर्यटकीय गतिविधि तीव्र पार्ने उद्देश्यले संस्था स्थापना भएको हो ।
विसं २०७५ मा पितृउद्दार ज्ञान महायज्ञ आयोजना गर्ने स्थानीय सामाजिक व्यक्तित्व संगठित भएर यो संस्था स्थापना गरेका हुन् ।
महायज्ञबाट जम्मा भएको ७६ लाख रुपैयाँसहित सहयोग संकलन गरी विकासका क्रियाकलाप यसले सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा राष्ट्रिय परोपकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष कमलनयन गौतमले जलमय क्षेत्रलाई धार्मिक दृष्टिकोणले पनि पवित्र मानिने बताए । पोखरामा पर्याप्त जल क्षेत्र भएकाले विकासले छिट्टै गति लिने उनले बताए ।
इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारीले विकासमा शान्ति, सुरक्षाले प्रभाव पार्ने भएकाले यसको व्यवस्थाका लागि कार्यालय गम्भीर रहेको बताए ।
संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेल, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, निर्वाचन संयोजक राममणि अधिकारी, महायक्षका मुल संयोजक डिल्लीरमण तिवारी, बेगनासताल संरक्षण तथा विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद ढुंगाना, सहनशील महिला विकास समूहकी अध्यक्ष शोभा शर्मा लगायतले बोलेका थिए ।
सभाले संस्थाकी सचिव शान्ति खनालको प्रगति प्रतिवेदन र कोषाध्यक्ष गंगाराम सुवेदीको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
तपाईको प्रतिक्रिया