योजना आयोगमा डा. गिरिधारीको दोस्रो इनिङ
सदस्यमा दोहोरिए डा. सुवास, डा.शान्ताको इन्ट्री

पोखरा ।
गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरिधारी शर्मा पौडेल नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले आयोग उपाध्यक्षमा स्याङ्जाका पौडेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहामगरले जानकारी दिए ।
स्याङ्जाको आँधीखोला गाउँपालिका कमेरे स्थायी ठेगाना भएका पौडेलसँग युएनडिपीसहित अन्तर्राष्ट्रिय दातृ संस्थाहरुमा काम गरेको लामो अनुभव छ । राष्ट्रिय योजना आयोगमा समेत उनले परामर्शदाताका रुपमा काम गरिसकेका छन् ।
काठमाडौं रहेका पौडेलले मुख्यमन्त्रीसँग नियुक्तिको बारेमा कुरा फाइनल भइसकेको र हाल युएनडिपीमा कार्यरत रहेकाले त्यहाँ राजीनामा स्वीकृत भइसकेपछि मात्र सपथ लिने तयारी भएको बताए । उनले राजीनामा युएनडिपीको मुख्यालयमा पठाइसकेका छन् ।
पौडेल संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका पालामा समेत आयोगको उपाध्यक्ष थिए । २०७५ साउन ६ गते उनलाई तत्कालीन मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारले गण्डकीको नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो ।
संघीयता कार्यान्वयनको सुरुसँगै विविध चुनौतीबीच गण्डकीमा डा. पौडेलले काम सुरु गरेका थिए । प्रदेशको स्थितिपत्र बनाउनेदेखि प्रथम पञ्चवर्षीय योजना उनकै पहलमा तयार भएको हो । हाल उक्त पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षासमेत भइसकेको छ ।
६३ वर्षीय पौडेल योजना र विकास क्षेत्रका विज्ञ हुन् । पौडेलले युएनडिपीमा पाँच वर्ष काम गरे । उनी एनडिपीका तर्फबाट राष्ट्रिय योजना आयोगमा खटिएका थिए । पौडेलले बैंककबाट एमएस्सी र पीएचडी गरेका छन् । उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट डेभलपमेन्ट प्लानिङ अध्ययन गरेका छन् ।
पहिलो कार्यकालमा आधार स्तम्भ खडा गरेको आयोगका नवनियुक्त उपाध्यक्ष पौडेलले बताए । प्रदेशको अस्तित्व बनाउनेदेखि धेरै पूर्वाधारका काम गर्न सफल भएको उपाध्यक्ष पौडलले दाबी गरे । ‘सुरुको कार्यकाल त आधारस्तम्भ खडा गर्ने बेला थियो ।
बेस केही पनि थिएन, कार्यविधि बनाउने, प्लानहरु बनाउनेदेखि प्रदेश नै कहाँ थियो कुन स्थान छ भन्ने थाहा थिएन, त्योदेखि धेरै पूर्वाधारका काम गरेको हो त्यो कार्यकालमा,’ उनले भने । प्रदेशलाई समृद्धि र सुखका लक्ष्य भेट्ने गरी योजना बनाएर अगाडि बढ्ने उपाध्यक्ष पौडेल प्रतिबद्धता गरे । ‘अबको कार्यकालमा गण्डकीका समृद्धि र सुखका लक्ष्य भेट्नेचाहिँ लक्ष्य राखेर तयार भएका छन् हाम्रा प्लानहरु,’ उनले भने ।
बैठकले सदस्य पनि चयन गरेको छ । तनहुँका कास्कीकी डा शान्ताकुमारी खत्री र तनहुँका डा. सुवास अधिकारीलाई सदस्य नियुक्त गरिएको मन्त्री गाहामगरले बताए । सदस्यमा नियुक्त भएका तनहुँका डा. अधिकारी कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारका पालामा पनि आयोगका सदस्य थिए ।
त्यसअघि उनी जनप्रिय बहुमुखी क्याम्पमा पढाउँथे । उनको क्षेत्र जलस्रोत र जलसम्पदा हो । उनी माओवादी केन्द्रको कोटाबाट सदस्य भएका हुन् । कास्की मादी गाउँपालिका वडा नम्बर १२ पैह्रेगाउँकी डा. खत्री एमालेको कोटाबाट सदस्य भएकी हुन् । उनी पृथ्वीनारायण क्याम्पसमा समाजशास्त्र तथा मानवशास्त्र प्राध्यापन गर्छिन् ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया