रेडक्रस उपशाखा १४ मा हरि

पोखरा ।
नेपाल रेडक्रस सोसाइट उपशाखा पोखरा १४ को १८ औं साधारण सभा तथा छैटौं अधिवेशनले हरि जिसीको सभापतित्वमा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
उपशाखाको महिला उपाध्यक्षमा पुष्पा भण्डारी, सचिव रामजी जिसी, कोषाध्यक्ष पदमबहादुर कार्की, उपसचिव दिलमाया हमाल र उपकोषाध्यक्षमा बालाराम बराल छन् ।
महिला सदस्यमा सृजनाकुमारी पोखरेल र सदस्यमा रमादेवी बराल, दुर्गा नेपाल, सरास्वती सिलवाला, राधिका कार्की छन् ।
निर्वाचन समितिको संयोजकमा जिल्ला रेडक्रस कास्कीका मन्त्री सुरेन्द्र गुरुङ र सदस्यमा कृष्ण कोइराला र नवराज भण्डारी थिए । नव निर्वाचित समितिलाई निर्वाचन संयोजक सुरेन्द्र गुरुङले पद तथा गोपनीयताको सपथ गराए ।
उपशाखा सभापति मधुराप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले उपशाखाको नवनिर्मित भवन उद्घाटन गरेका थिए । कार्कीले रेडक्रस जस्तो पवित्र संस्थालाई वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरे ।
कार्यक्रममा नेपाल रेडक्रस कास्कीका जिल्ला अध्यक्ष दण्डराज शर्मा, उपशाखा १४ का पूर्व अध्यक्ष गोकर्णं कार्की, उपाध्यक्ष पुष्पा भण्डारी र सचिव हरि जिसीले बोलेका थिए ।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया