वि एम जी मावि ३२ औं वर्षमा

समाधान संवाददाता २०७९ माघ १६ गते १६:२१

लेखनाथ ।
पोखरा महानगरपालिका २९ पावर हाउसमा रहेको वि एम जी माध्यमिक विद्यालय ३२ औं वर्षमा प्रवेश गरेको छ । साेमबार विद्यालयले विविध कार्यक्रममका साथ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय बाल अधिकार परिषदका सदस्य भीमलाल गुरुङले विद्यार्थीले किताबी ज्ञानसँगै व्यवहार र संस्कार पनि सिक्नु पर्ने आजको आवश्यकता भएको बताए । प्रत्येक अभिभावकले असल व्यक्ति निर्माण गर्न घरबाट नै वा विद्यालय प्रवेश गर्नु अगावै सिकाउनु आवश्यक भएको विचार राखे ।

कार्यक्रममा एसोसिएट प्रोफेसर अन्नतराज ढुंगानाले विद्यार्थीका लागि अनुशासन महत्वपूर्ण भएकाले विद्यालयको शैक्षिक वातावरणबाट विद्यार्थीले सिक्नु पर्ने सुझाव राखेका थिए । प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले विशेष गरि अभिभावकको निरन्तरको निगरानीले विद्यार्थीमा निखरता ल्याउने विश्वास व्यक्त गरेका थिए ।

Advertisement

विद्यालयकी संस्थापक निर्देशक ईन्दिरा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नारायणप्रसाद सुवेदी, पोखरा महानगरपालिका २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ, पोखरा महानगरपालिका शिक्षा महाशाखा उपसचिव विश्वराज आचार्य र विद्यालयका संस्थापक प्रमुख सल्लाहकार प्रा डा भीमसेन गुरुङ लगाएतले व्यवहारीक र जिवन उपयोगी शिक्षाका लागि पहल कदमी गर्नु पर्ने सुझाव राखेका थिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य युवराज गुरुङले विद्यालयले स्थापना कालदेखि आजसम्म भएका शैक्षिक गतिविधिका वारेमा प्रकाश पार्दै कोभिड महामारीका कारण तीन वर्षको शैक्षिक पुरस्कारहरु एकै पटक वितरण गर्नुपरेको वाध्यता सुनाए ।

Advertisement

विविध साँस्कृतीक कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा विद्यालयमा निरन्तर सेवा गरेका शिक्षक र कर्मचारीलाई दीर्घ सेवा पुरस्कार सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया