स्वस्थानी पूजाका लागि भक्तजनको सहयोग

पोखरा ।
पोखरा ३१ का स्थानीयवासीले यस वर्षको श्री स्वस्थानी पूजा साँघ्य भव्य रुपमा मनाउने तयारी गरेका छन् । यसका लागि पूजा तयारी स्वरुप यस महिनाको सुरुदेखि नै आर्थिक संकलन थालिएको छ ।
अहिलेसम्म सयभन्दा बढी स्थानीयले सहयोग गरेका छन् । १५ दिनमा अहिलेसम्म करिब १ लाख रुपैयाँ संकलन भएको छ । कोट देउराली मन्दिर व्यवस्थापन एवं संरक्षण समितिको अगुवाइमा अर्थ संकलन भएको हो ।
समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीका अनुसार यहि माघ २२ गते पचभैया स्थित कोट देउराली मन्दिरमा स्वस्थानी साँय गर्ने तयारी छ । गत पुसमा स्वस्थानी व्रतकथा आरम्भ भएदेखि नै यहाँ स्वस्थानी माई स्थापना गरी दिनहुँ पूजा अर्चना भइरहेको छ ।
मन्दिरका पुजारी कृष्ण गौतमबाट कथावाचन भइरहेको छ । यहाँ हरेक साँझ ७ बजेदेखि १० बजेसम्म भजनकीर्तन भइरहेको छ । पूजामा स्थानीय सुनीता थापा र प्रेम पाण्डे कर्ता छन् ।









कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया