मन्त्री पञ्चराम गुरुङ सम्मानित

पोखरा ।
पौवेगाैंडे समाज पोखराले सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङलाई मंगलबार सम्मान गरेको छ । स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं ५ स्थित पौवैगौंडेमा जन्मेका गुरुङ समाजका आजीवन सदस्य हुन् ।
मन्त्रालयमा भएको सम्मान, बधाई तथा शुभकामना प्रदान कार्यक्रममा मन्त्री गुरुङलाई सम्मान पत्र, दोसल्ला र खादाले सम्मान गरिएको समाजका संरक्षक क्याप्टेन पूर्णबहादुर गुरुङले बताए ।
समाजका अध्यक्ष विष्णुप्रसाद रेग्मीले समाजको चौतर्फी हितमा मन्त्रालयको पूर्ण सहयोग हुने विश्वास गरे । रेग्मीको नेतृत्वमा समाजका संरक्षक डा. ज्ञानबहादुर कार्की, उपाध्यक्ष कल्पना पौडेल रेग्मी, कोषाध्यक्ष विकास कार्की, सचिव दीपेन्द्रबहादुर आले, समाजका सदस्य खडानन्द रेग्मी, खिमकुमारी गुरुङ, कृष्णमान श्रेष्ठ, कृष्ण गुरुङ, रुद्रकुमार श्रेष्ठ, ईन्द्रबहादुर गुरुङ, सञ्जु कार्की, शुभ रेग्मी, विक्रम गुरुङ, राजेश कार्की, हरिप्रसाद रेग्मी, नरेन्द्र रेग्मीको टोलीले सम्मान गरेको हो ।
कार्यक्रममा समाजका सल्लाहकार हरिश्चन्द्र रेग्मी, सोभियत कार्की, मोहन कार्की, कृष्णविक्रम केसी, कलिमया रेग्मी, प्रदीप रेग्मी लगायतले मन्त्री गुरुङलाई बधाईसहित कार्यकालको सफलताको कामना गरे ।
मन्त्री गुरुङले आफू समाजभन्दा बाहिर नजाने बताए । उनले समग्र गण्डकी प्रदेशको विकासमा आफ्नो ध्यान जाने जनाउँदै समाजलाई सकारात्मक भएर सल्लाह दिन अनुरोध गरे ।
साढे २ सय सदस्य रहेको समाजले विद्यालयमा भौतिक सामग्री प्रदान, नमुना विकासका गुरुयोजना, महिला विकास तालिम तथा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको सचिव दीपेन्द्रबहादुर आलेले बताए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया