कुँवरकाे २० गते लाइभ कन्सर्ट

समाधान संवाददाता २०७९ माघ १८ गते १२:३७

पोखरा ।
गायक नितेशजंग कुँवरले फेरि सांगीतिक क्षेत्रमा फर्किएपछि पोखरामा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा माघ २० गते साँझ लाइभ कन्सर्टमा उनी सहभागी हुँदै छन् ।

उनले केही सिक्नकै लागि आफू सांगीतिक क्षेत्रबाट केही समय टाढिएको र अहिले भने फेरि सांगीतिक कार्याक्रम मार्फत पोखरा आउन लागेको बताएका छन् । नेपाली युवा पुस्तामाझ चर्चित गायक हुन् ।

उनले यस्तै रैछ जिन्दगी, हाम्रो नेपालमा, खोला खोली तिरैतिर, फ्लर्टी माया, आस्मा, निष्ठुरी मोरी, बुझ्यौ हैन कुरा, ‘ओम नव शिवाय’, ‘रिबर्थ’, लगायत चर्चित गीत गाउने छन् ।

Advertisement

साँझ ८ बजेदेखि मध्यरातसम्म चल्ने कार्यक्रममा लाइभ कन्सर्ट नचाउने छन् । कार्यक्रमको टिकट अग्रिम अनलाइनबाट पहिले नै बुकिङ गर्न सकिने प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलका म्यानेजर हरि पौडेलले जानकारी दिए ।

टिकट १ हजार र १५ रहेको उनले बताए । उनले क्युआर कोड प्रयोग गरेर इसेवाबाटै अग्रीम टिकट लिन सकिने बताए । उनले अग्रीम टेबुल बुकिङसमेत गर्न सकिने पनि बताए ।

Advertisement

तपाईको प्रतिक्रिया