आन्दोलनरत पत्रकारलाई देउवाको साथ, भन्छन–रुन पाइन्न भनेको थिएनी, मिल्दै गएकोछ

समाधान सम्वाददाता
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई साथ दिएका छन् । उनले मिडिया काउन्सिल विधेयक नेपाली पत्रकारमाथिको ‘कु’ भएको बताएका छन्।
नेपाली कांग्रेसको मुख्यालय सानेपामा आइतबार दिउसो पत्रकार सम्मेलन गर्दै देउवाले पत्रकारको अधिकार खोस्ने विधेयक कांग्रेसलाई स्वीकार्य नहुने बताए । नेपाल पत्रकार महासंघले सो विधेयकका विरुद्धमा आन्दोलनमा उत्रिएकै बेलामा पूर्वप्रधानमन्त्री समेत रहेको प्रतिपक्षी दलका नेता देउवाले पत्रकारको आन्दोलनमा आफ्हरुको पनि समर्थन रहेको जनाउ दिए ।
‘वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हस्तक्षेप गर्ने र पत्रकारहरुको अधिकार खोस्ने मिडिया विधेयक कांग्रेसलाई स्वीकार्य छैन ।’ देउवाले भने–
‘यो विधेयक पास भयो भने पत्रकारमाथि ‘र प्रेस स्वतन्त्रतामाथि ‘कु’ भएको ठाने हुन्छ ।’ उनले अधिकार खोस्ने विधेयक अहिले किन ल्याउनुपर्यो भन्दै सरकारलाई प्रश्न गरे ।
सभापति देउवाले सो विधेयक फिर्ता गर्न समेत माग गरेका छन् । स्वतन्त्रताका पक्षमा राणा, पञ्चायतदेखि लड्दै आएको बताएका देउवाले वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गरेमा कांग्रेस फेरि लड्ने बताएका छन्। ‘स्वतन्त्रताका लागि पञ्चायतका पालामा पनि लडेका हौं,’ देउवाले भने, ‘स्वतन्त्रता त हाम्रो सिद्धान्त नै हो। अहिले पत्रकारहरुलाई पर्यो। भोलि कसैलाई पर्ला। लेख्न पाउने स्वतन्त्रताको पक्षमा हामी हौं।’
उनले प्रेस, वाक् तथा अभिब्यक्ति स्वतन्त्रताको ग्यारेन्टी नभएसम्म सदनबाट प्रतिवाद गरिराख्ने बताए। ‘स्वतन्त्रतामाथि हस्तक्षेप हामीलाई मान्य छैन। लेख्ने बोल्ने स्वतन्त्रता त हुनुपर्यो नि,’ देउवाले भने, ‘विधेयकको विरोधमा हाम्रो पार्टी छ। स्वतन्त्रता ग्यारेन्टी गरिनुपर्छ।’
कम्युनिष्ट शासन आए देशमा रुन पनि नपाइने भनेको कुरा आज फेरि देउवाले दोहोर्याए। ‘कम्युनिष्ट आए रुन पनि पाइँदैन भनेको थिएँ नि हो मैले भनेको मिल्दै गएको छ,’ उनले भने।
सदनमा दर्ता भएको विधेयकमा समाचारले कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिए पत्रकारलाई १० लाखसम्म जरिवना भराउन सकिने उल्लेख छ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया