बागलुङमा पुरुषले गरे आत्मदाहकाे प्रयास

समाधान संवाददाता २०७९ माघ १८ गते १६:०१

पोखरा ।
बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीका अनुसार जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए, जिसीको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ ।

आत्मदाहको कारण नखुलेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया