श्रम डेस्कका लागि बजेट विनियोजन

समाधान संवाददाता २०७९ माघ १९ गते १०:४४

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीले मर्यादित कामका लागि अभियान अन्तर्गत म्याग्दीको बेनीमा सचेतनामुलक कार्यक्रम गरेको छ ।

अभियानकै क्रममा जिफन्टको घटक युनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन म्याग्दी जिल्ला कमिटी समेत गठन गरिएको तालिमेलाई तलब योजनाको संयोजक विष्णुबहादुर खत्री क्षत्री जानकारी दिए ।

यातायात मजदुरको भेलाले अध्यक्ष रामु कोइरालाको नेतृत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले श्रमिकको सवाललाई स्थनीय तहबाट सम्बोधन गर्न श्रम डेस्क स्थापना गर्न लागेको जानकारी दिए ।

Advertisement

‘स्थानीय तहबाट श्रमिकको पञ्जिकरणको व्यवस्था गरी श्रमिकको अभिलेखीकरण लगायतका काम गर्नका लागि श्रम डेस्क आवश्यक छ,’ मेयर केसीले भने, ‘श्रम डेस्कमार्फत स्थानीय तहबाटै श्रम क्षेत्रमा काम श्रमिकको अवस्था, संख्या, सेवा सुविधा लगायतको व्यवस्थित विवरण संकलन गर्न ध्यान दिने छौं ।’

उनले श्रम डेस्क स्थापनाका लागि कार्यविधि तयार गरेको जानकारी दिए । उनले आवश्यक जनशक्ति लगायतका कार्यक्रमका लागि ४ लाख बजेट विनियोजन गरेको बताए ।

Advertisement

अभियानका संयोजक तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णुबहादुर खत्री क्षत्रीले श्रम डेस्क्मार्फत रोजगारदाता र श्रमिक्बीच असल श्रम सम्बन्धको विकास गर्न सहयोग पुग्ने बताए ।

उनले जिफन्टले माघ, फागुन र चैत गरी ३ महिनासम्म चल्ने मर्यादित कामका लागि अभियानमा संगठन विस्तार,भेला प्रशिक्षण गर्ने जानकारी दिए ।

उनले अभियान अन्तर्गत श्रमिकको न्युनतम तलब सुविधा, ज्याला बढाउन पहल गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनका लागि पहल गर्ने बताए । अभियानको क्रममा पालिका स्तरमा श्रम डेस्क राख्न पहल गर्ने उनले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया