अन्तर्राष्ट्रिय बजारमा जगदम्बा स्टील्स लोकप्रिय

काठमाडौं ।
नेपालको पहिलो स्वचालित स्टील उत्पादन कम्पनी जगदम्बा स्टील्सको उत्पादन जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढेको छ ।
जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस, प्रिमियम एलुमिनियम–जिंक कलर कोटेड र प्लेन सिट तथा कोइल्स्हरू जसलाई ग्याल्भाल्युम पनि भनिन्छ, यो ५५ प्रतिशत एलुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित कोटिंग समावेश भएको जस्तापाता हो । यी तत्वले जस्तापाताको सुरक्षासँगै उत्पादनको आयु र स्थायित्व बढाउँछ ।
रिईन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्मका स्टील उत्पादनमा दुई दशकभन्दा बढी उपलब्धिसहित जगदम्बा स्टील्सले नेपालको विकासको एक हिस्सा बन्ने र नेपालको स्टीललाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने परिकल्पना जारी राखेको छ ।
जगदम्बा स्टील्सले कर्मचारी, समुदाय र उत्पादनको सुरक्षामा सुधार गर्ने दिगो उत्पादनलाई ध्यानमा राख्दै सधैं स्टील उत्पादनका लागि गुणस्तरीय बेन्चमार्क मानक सेट गर्छ ।
उत्पादनको उत्कृष्ट गुणस्तरमार्फत उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नु प्रमुख प्रतिबद्धता र प्राथमिकता रहेको कम्पनीले जनाएको छ ।
‘ग्राहकको माया र समर्थनले हामीलाई तेस्रो देशमा निर्यात सुरु गर्ने नेपालको पहिलो कम्पनीको रूपमा स्थापित गरेको छ र हामी त्यसलाई निरन्तरता दिनेछौं,’ जगदम्बा स्टील्सका प्रवक्ताले भने, ‘हाम्रो कम्पनी उत्पादनको उत्कृष्ट गुणस्तरमा प्रतिबद्ध छ र यो बेन्चमार्कले हामीलाई भविष्यमा पनि हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्न प्रोत्साहन गरेको छ ।’








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया