चिडियाखानामा रमाए क्रिस्टलका विद्यार्थी

समाधान संवाददाता २०७९ माघ २० गते १८:३८

पोखरा, २० माघ
चित्र र मोबाइलमा विभिन्न जीव, जनावर देखेर रमाउने बालबालिका बिहीबार बेहद खुसी भए । क्रिस्टल इन्टरनेसनल मन्टेसरी किन्डरवोर्ल्डका बालबालिकाले पोखरा ३१ पचभैयाँ पुगेर केही जनावर प्रत्यक्ष रुपमा देखेका हुन् ।

Advertisement

मन्टेसरीले बालबालिकामा जीव, जनावरबारे जानकारी दिन र उत्प्रेरणा थप गर्न उनीहरुलाई पोखरा जुलोजिकल पार्क लगेको हो । शिक्षक, विद्यार्थीसहित ४० जना चिडियाखाना पुगेका हुन् ।

उनीहरुले बाघ, नीलगाई, गिद्ध, चिल, हुचिल, अजिंगर, वनबरालो, स्याल लगायतका जीव, जनावर हेरे । बालबालिकालाई जनावरहरुको खाना र जीवनशैलीबारे पनि जानकारी दिइएको थियो । विद्यार्थीलाई प्रत्यक्ष रुपमै ज्ञान र मनोरञ्जन दिन चिडियाखाना लगिएको मन्टेसरीकी सञ्चालक रिना पौडेलले बताइन् । हाल क्रिस्टल मन्टेसरी पोखरा ६, नारेश्वरको स्ट्रीट नम्बर ३१ मा छ ।

तपाईको प्रतिक्रिया