जिएमसी स्पोर्ट फेस्टमा आयोजक विजयी

पोखरा ।
गण्डकी मेडिकल कलेजले आयोजना गरेको ‘जिएमसी स्पोर्ट फेस्ट २०२३’ सकिएको छ । ५ दिनसम्म चलेको उक्त स्पोर्ट मिटमा देशभरबाट ११ मेडिकल कलेज सहभागी भएका थिए । स्वास्थ्यका लागि खेलकुद नारा दिएर गरिएको उक्त स्पोर्ट मिटमा गण्डकी मेडिकल कलेजले सफलता हाँसिल गरेको छ ।
बास्केटबल प्रतियोगितामा जिएमसी मेडिकल कलेजका विद्यार्थी प्रथम भएका छन् । पुरुष र महिला दुवै खेलमा कलेज प्रथम भएको हो । पुरुषतर्फ नेपालगञ्ज मडिकल कलेज र महिलातर्फ मणिपाल कलेज दोस्रो भएका छन् । महिलाको फुटसल प्रतियोगितामा गण्डकी मेडिकल कलेजका ए र बी टिम क्रमश प्रथम र दोस्रो भएका हुन् ।
फुटबल प्रतियोगितामा भने पोखरा कलेज अफ मेडिकल साइन्सका विद्यार्थी प्रथम भएका छन् । दोस्रो भने गण्डकी मेडिकल कलेजका विद्यार्थी भएका भए । प्रतियोगितमा नेपालभरीबाट मेडिकल कलेजका विद्यार्थी सहभागी भएका थिए ।
गण्डकी मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, पोखरा नर्सिङ क्यापस, मणिपाल कलेज, नेपालगञ्ज कलेज, पोखरा युनिभर्सिटी विपिएच, पश्चिमाञ्चल क्षेत्रीय कलेज, पश्चिमाञ्चल क्षेत्रीय कलेज, पोखरा एकेडेमी, काठमाडौं मेडिकल कलेज र किस्ट मेडिकल कलेज गरी ११ वटा कलेज सहभागी थिए ।
शनिबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले प्रथम र दोस्रो भएका विद्यार्थीलाई पुरस्कार वितरण गरे । कार्यक्रममा कास्कीका सिडिओ टेकबहादुर केसी, स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन श्रीकृष्ण श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा भरतबहादुर खत्री लगायतले पोखरालाई मेडिकल शिक्षाको हबसँगै स्वास्थ्य र शिक्षालाई सबैको पहुँचमा बनाउनुपर्नेमा जोड दिए । कार्यक्रम गण्डकी मेडिकल कलेजका डा रवीन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको हो ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया