पाइलट,डाक्टर र नर्सलाई नेपाली सेनामा जागिरको अवसर

समाधान संवाददाता २०७६ वैशाख ३० गते १२:४३

समाधान संवाददाता, काठमाडाैं

नेपाली सेनाले विभिन्न प्राविधिक समूहमा आवस्यक जनशक्ती माग गरेको छ । जंग अड्डाले प्राविधिक पदमा खाली ठाउँमा पदपूर्ती गर्ने भन्दै सार्वजनिक विज्ञापन प्रकाशित गरेको छ ।

सेनाले लेखा तर्फ उपसेनानी सरह दर्जाका लागी आदिवासी जनजाति समूहमा १,महिला १,दलित १ र खुल्ला ४ गरी सात जना माग गरेको छ ।

Advertisement

प्राध्यापक डाक्टर(मेडिकल)मा १ जना माग गरेको सेनाले एमबिबिएस डाक्टर १० जना माग गरेको छ भने डेन्टलमा ४ जना माग गरेको छ ।

त्यस्तै सैनिक उपचारिका २ जना अकुपेशनल थेरापिष्ट १ जना मागेको छ ।

Advertisement

नेपाली सेनाले ५ जना पाइलट, १ पत्रकार र १ जना भेटेनरी डाक्टर माग गरेको छ । जागिरका लागि योग्यता पुगेका नेपाली नागरिकले नारायणहिटी दरबारबाट फारम लिइ जेठ २८ गतेसम्म बुझाइसक्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया