बालगृहका बालबालिकालाई प्रेस चौतारीकाे सहयाेग

पोखरा ।
प्रेस चौतारी नेपालले पोखरा १७ महतगौंडामा रहेको सिर्जना बालगृहका आश्रित बाल बालिकालाई आइतबार स्टेशनरी वितरण गरेको छ । संस्थाको २५ औं स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटी र कास्की शाखाले बाल बालिकालाई प्रोत्साहनको लागि स्टेशनरी प्रदान गरेको प्रदेश कमिटीका अध्यक्ष इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
प्रेस चौतारी नेपाल कास्कीका संस्थापक अध्यक्ष तथा नेकपा (एमाले) गण्डकी प्रदेशका प्रकाशन तथा प्रचार विभागका उपप्रमुख पुण्य पौडेलले प्रेस चौतारी नेपालले गरेको सानो कार्यक्रमले ठुलो सन्देश दिएको बताए ।
‘आम सञ्चार माध्यम तथा पत्रकारको संस्थाले आवाज विहिनको पक्षमा बोल्न पर्छ,’उनले भने, ‘बाल गृहका आश्रित बाल बालिका पत्रकारको केन्द्र विन्दुमा पर्न आवश्यक छ ।’ उनले प्रेस चौतारी नेपालको उपस्थितिले राज्यको ध्यानाकर्षण गरेको उल्लेख गरे ।
सिर्जना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले सशस्त्र द्वन्द्वको अवधीमा अभिभावक गुमाएका बाल बालिकाको संरक्षणको लागि २०६४ सालमा स्थापना भएको बाल गृहमा अहिले सबै अभिभावक विहिन बाल बालिकाको लगि खुल्ला गरिएको जानकारी दिए । उनले प्रेस चौतारी नेपालले पत्रकारको हक हितको अलवा सामाजिक काम समेत गर्ने बताए ।
सिर्जना विकास केन्द्रका निवर्तमान अध्यक्ष तथा प्रेस चौतारी नेपाल गण्डकीका अध्यक्ष इन्द्रप्रसाद पौडेलले बालगृहका २० जना अभिभावक विहिन बाल बालिकालाई शिक्षा तथा आवासीय सुविधा प्रदान गरेको जानकारी दिए ।
प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरीले पत्रकारिता शिक्षासँग जोडिएको विषय भएको बताए । कार्यक्रममा सिर्जना बाल गृहका संयोजक सोमनाथ बराल, प्रेस चौतारी नेपाल कास्कीका सचिव रञ्जन अधिकारीले प्रेस चौतारीको स्थापना दिवसको बारेमा बोलेका थिए ।
‘समृद्धिको लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म’ भन्ने नाराका साथ प्रेस चौतारी नेपालले देशव्यापी रुपमा रजत वर्ष मनाएको छ ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया