सर्लाहीलाई बहिरा सेभेन ए साइड फुटबलको उपाधि

पोखरा ।
सर्लाही बहिरा संघले दोस्रो राष्ट्रिय बहिरा सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
पोखरा रंगशालामा आइतबार भएको फाइनल खेलमा स्याङजा बहिरा संघलाई शुन्यका बिरुद्ध २ गोल गरी सर्लाहीले उपाधि हात पारेको हो ।
गण्डकी बहिरा संघ अन्तर्गतको पोखरा बहिरा युवा तथा खेलकुद समिति पोखरा ८ले आयोजना गरेको प्रतियोगितामा देश भरका १४ टिमले प्रतिस्पर्धा गरेका थिए ।
पोखरा बहिरा युवा तथा खेलकुद समिति पोखराका संयोजक सिजनहिराचन थकालीले प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः ७५ हजार र ४० हजार नगद पुरस्कार पाएको जानकारी दिए ।
आइतबार भएको सेमिफाइनल खेलमा सर्लाही बहिरा संघले लुम्बिनी बहिरा संघलाई पराजित गरेको छ । स्याङजा बहिरा संघले कैलाली बहिरा संघलाई हराएको छ ।
विजेता टीम तथा खेलाडीलाई सेभेन ए साइड फुटबल महासंघ नेपालका अध्यक्ष नविन पुन, राष्ट्रिय अपांग महासंघ नेपालका संघीय सदस्य विष्णु सिग्देल, गण्डकी बहिरा संघका अध्यक्ष आइलाल शाही, संघका वरिष्ठ सल्लाहकार हरिप्रसाद बराल, प्रतियोगिताका संयोजक थकालीले शिल्ड मेडल, नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको दोभाषे अञ्जली सुनारले जानकारी दिइन् ।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’भन्ने नाराका साथ भएको प्रतियोगिताको गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले उद्घाटन गरेका थिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया