गैंडाकोटमा टि २० क्रिकेट हुने

नवलपुर ।
गैँडाकोट नगरपालिकामा दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता–२०७९ हुने भएको छ । यही माघ २६ देखि आगामी फागुन १ गतेसम्म गैँडाकोट–९ मा रहेको नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले नवप्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले संस्थाका नाममा खेल मैदानको जग्गा प्राप्ति मैदानको संरक्षणका लागि तटबन्धन लगायत पूर्वाधार विकासमा काम गर्न भने बाँकी रहेको बताए ।
नगर प्रमुख मदनभक्त अधिकारीले प्रतियोगिताले गैँडाकोटको चिनारीलाई उजागर गर्ने बताए । प्रतियोगिताले गैँडाकोटसहित देशभर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख अधिकारीले प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रतियोगिताका निर्देशक एवं नवलपुर जिल्ला क्रिकेट संघका अध्यक्षसमेत रहेका गैँडाकोट ९ का वडाध्यक्ष धामनाथ सापकोटाले प्रतियोगिता गैँडाकोटको गौरवको विषय भएको बताए । उनले नेपाल क्रिकेट संघमा आबद्ध छिमेकी जिल्लालाई आधार बनाइ टोली छनोट गरिएको बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख तथा उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजलाई १० हजार, इमर्जिङ प्लेयरलाई ७ हजार, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डरलाई जनही ५ हजार तथा हरेक दिन घोषित हुने म्यान अफ द म्याचलाई १ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी र चितवन गरी ८ टोलीको सहभागिता रहनेछ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया