मदरल्यान्ड माविमा उत्कृष्ट विद्यार्थी सम्मानित
समाधान संवाददाता
२०७९ माघ २४ गते १७:०८

पोखरा ।
मदरल्यान्ड माध्यमिक विद्यालयका कक्षा १२ को विज्ञान समूहमा अध्ययनरत विद्यार्थीद्वय विनायक बास्तोला र प्रवेश बास्तोलालाई विद्यालयले सम्मान गरेको छ । पिइए एसोसिएसन काठमाडौं र हिसान कास्कीको संयुक्त आयोजनामा हालै भएको राष्ट्रिय स्तरको हाजिरीजवाफ प्रतियोगिता गण्डकी प्रदेश छनोटमा उनीहरुले प्रथम स्थान प्राप्त गरेका थिए ।
१० जोड २ पछि इन्जिनियरिङ तथा इन्फर्मेसन टेक्नोलोजीतिर जान चाहने विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ३६ समूह सहभागी दिए ।
विद्यालयका प्राचार्य नारायण बरालले नेपाल माउन्टेरिङ एसोसिएसन एनएमएद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा सहभागी भई प्रथम स्थान हात पार्न सफल व्यवस्थापन समूहका विद्यार्थीत्रय प्रशंसा बराल, अभिजित बराल र वरुण पौडेललाई पनि सम्मान गरिएको बताए ।
सम्बन्धित








फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया