एनएमबीको किसान लक्षित कर्जा

समाधान संवाददाता २०७९ माघ २६ गते १२:१५

पोखरा ।
एनएमबी लघुबित्त वित्तीय संस्था लिमिटेडले सम्पत्ती शुद्घकरण निवारण लगायतको कर्मचारी क्षमता अभिवृद्घि तालिम रणनीतिक योजना तर्जुमा गर्न ३ दिवसीय तालिम पोखरामा आयोजना गरेको छ ।

सात वटै प्रदेशका प्रादेशिक कार्यालयका प्रमुख, क्षेत्रिय व्यवस्थापक, मध्य तथा उच्च व्यवस्थापनका सदस्यहरु सम्मिलित उक्त कार्यक्रममा संस्थाले कृषकका सबै आवश्यकता सम्बोधन हुने गरी किसान श्रृंखलाका कर्जा स्किमहरु सार्वजनिक गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आनन्द पाण्डेले लघुवित्तबाट कर्जा लिएकै कारण कृषक थप गरिब हुन नहुने नारासहित किसान श्रृंखला अन्तर्गत विभिन्न कर्जा ल्याइएको बताए ।

Advertisement

नाफामूलक परियोजनाको पहिचान गरी लगानीलाई पूर्ण सदुपयोग गरेको खण्डमा कृषकको आयस्तर बढ्नुका साथै कर्जा भुक्तानीमा कहिले समस्या नआउने उनको भनाइ छ । संस्थाले प्रत्येक कर्जालाई बीमाको माध्यमबाट थप सुरक्षित बनाउने योजना र छ ।

संस्थाका प्रमुख व्यवसाय अधिकृत कमल पोख्रलले कृषकको आत्मा सम्मान सुनिश्चित गरी परियोजनालाई सफलतापूर्वक कार्यान्वयन हुने गरी किसान आत्मनिर्भर कर्जा, पूर्ण रुपमा कृषिमै आधारित आयमा निर्भर भए पनि पर्याप्त कृषि योग्य जग्गा नभएको कारण ज्याला मजदुरी गर्न बाध्य रहेका किसानलाई खेतियोग्य जग्गा खरिद गर्न किसान स्वाभिमान कर्जा साथै कृषि पूर्वाधार निर्माण, वातावरण संरक्षण, आकस्मिक पैंचो गरी संस्थाले यो श्रृंखला अन्तरगत पाँच वटा कर्जा योजना ल्याएको जानकारी दिए ।

Advertisement

आगामी १५ दिनभित्र संस्थाका सबै कर्मचारीलाई यस श्रृंखला अन्तर्गतका कर्जाहरुको तालिम सम्पन्न गरी यो योजना पूर्ण रुपमा लागू गर्ने संस्थाले लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया