विद्यालयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन अनेरास्ववियुको माग

पोखरा ।
मादी गाउँपालिकाको अनेरास्ववियु कमिटीले पालिका भित्रका विद्यालयमा निशुल्क सेनेटरी प्याड उपलब्ध गराउन माग गरेको छ । कमिटीले मंगलबार गाउँपालिका अध्यक्षलाई पालिकाको सबै विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउन माग गरेको हो ।
कमिटीले ७ बँदे माग राख्दै पालिका अध्यक्षलाई माग सहितको ज्ञापनपत्र बुझाएको कमिटीका अध्यक्ष योगबहादुर क्षेत्री (रवि)ले बताए ।
‘मागहरू पुरा गर्न यस गाउँपालिकाको ध्यानाकर्षण गर्न चाहन्छौं’
१.विद्यालयहरूलाई प्रत्येक विद्यालयहरूमा स्वच्छ पिउने पानीको उचित व्यवस्थापन गरियोस् ।
२.विद्यालय भित्रका शौचालयहरूको सरसफाईमा उचित ध्यान दिई प्रभावकारी अनुगमन र आवश्यक पर्ने बजेटको व्यवस्थापन गरी शौचालयको स्वच्छतामा ध्यान दिइयोस् ।
३.प्रत्येक हप्ता–हप्तामा १ दिन विद्यार्थीहरूको सर्वाङ्गिण विकासको निमित अतिरिक्त क्रियाकलापहरूको नियमित रूपमा सञ्चालन गरियोस् ।
४.विद्यालयका क्यान्टिनहरूको उचित प्रवद्र्धन गरी गुणस्तरीय खाजा उपलब्ध गराए नगराएको बारे प्रभावकारी रूपमा अनुगमन गरी सो को गुणस्तरमा ध्यान दिइयोस् ।
५.विश्व बजारमा विक्न सक्ने गुणस्तरीय र प्राविधिक शिक्षामा यस पालिका भित्रका विद्यार्थीहरूलाई उपलब्ध गराउन आगामी शैक्षिक सत्र देखि प्राविधिक शिक्षा उपलब्ध गराउने सुनिश्चित गरियोस् ।
६.मादी गाउँपालिका भित्रका विद्यालयहरूमा छात्राहरूका लागि अनिवार्य रूपमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराई त्यसको नियमित रूपमा स्वास्थ्य शाखाले अनुगमन गरियोस् ।
७.मादी गाउँपालिका भित्रका विद्यालयहरूमा अनिवार्यरूपम विद्यार्थी परिचय–पत्र र लाइबेरी कार्डको व्यवस्था गरी शिक्षा शाखाले तुरुन्त अनुगमन गरियोस् ।

तपाईको प्रतिक्रिया