किसान प्राेत्साहनका लागि चैते धानको विउ वितरण

लेखनाथ ।
पोखरा महानगरपालिकाले किसानलाई चैते धान खेती तर्फ आर्कषण गर्नका लागि चैते धानको विउ वितरण गर्ने भएको छ ।
बर्खे धान सवै किसनले लगाउने तर चैते धान तर्फ किसानको चासो कम भएको भन्दै पोखरा महानगरपालिका कृर्षि महासाखाले चैते धानको विउ र खेती गर्ने किसानलाई प्राेत्साहन स्वरुप प्रति रोपनी नौ सय रुपियाँ दिने भएको हो ।
यसैबिच बिहीबार पोखरा महानगर पालिका वडा नं २६ र २७ का किसानहरुका लागि विउ राख्ने विधी देखि रोग नियन्त्रणका उपाय एवंम लगाने विधीका बारेमा जानकारी गराउँदै सहुलिएत दरमा उन्नत जातको विउ वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश मुख्य न्याधिवक्ता श्रीकान्त वरालले कृर्षिको क्षेत्रमा देखिएको बिचौलीयाका कारण वास्तविक किसानले राज्यवाट पाउने अनुदान नपाएकाले यस तर्फ राज्यले निती नै बनाएर अगाडी वढ्नु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले पोखरालाई कृषि उत्पादनमा आत्मनिर्भर वनाउनका लागि कृषिमा आधुनिकरण र ब्यवसायिक किसानका लागि महानगरपालिकाले कृर्षिका उत्पादनको न्युनतम समर्थन मुल्य तोकेको जानकारी गराएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले किसानको जिवन स्तरमा सुधार नआएसम्म देशको आर्थीक अवस्थामा परिवर्तन नहुने विश्वास ब्यक्त गरेका थिए भने वडा नं २६ का वडा अध्यक्ष नरेन्द्र थापाले किसानहरुलाई सहुलियत दरमा मल,विउ र प्राविधीक ज्ञानका बारेमा जानकारी गराउनु पर्ने सुझाव राखेका थिए ।
पोखरा महानगरपालिका कृषि सञ्जाल पोखरा २६ का अध्यक्ष केशवराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ईश्वरराज भण्डारीले गरेका थिए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया