हराइरहेका पोखराका गौतम वीरगन्जमा मृत फेला

पोखरा ।
पोखराका व्यवसायी वलराम गौतम शनिबार बिहान मृतावस्थामा भेटिएका छन् । माघ २ गते घरबाट निस्केका उनी वीरगन्जमा मृतावस्थामा भेटिएका हुन् ।
गौतममै केही दिन पहिला आफन्तलाई म्यासेज लेखेर आफू भारत रहेको जानकारी गराएका थिए । शनिबार बिहान साढे ५ बजेतिर वीरगन्ज बसपार्कसँगैको पार्कमा उनी आएको सिसिटिभी फुटेजबाट देखिएको छ ।
ओहोरदोहोर गरेपछि कुर्सीमा बसेर चिया पिएको देखिएको र त्यसलत्तै बसेकै ठाउँमा उनको टाउको झुकेको देखिएकाले हृदयाघातको अनुमान गरिएको छ ।
उनको शव पोस्टमार्टम गरेर शनिबार राति नै पोखरा ल्याइएको थियो । आइतबार तुलसीघाटमा उनको अन्त्येष्ठी गरिएको छ । सहकारी संघ पोखराका अध्यक्ष समेत रहेका व्यवसायी गौतम नेकपा एमाले गण्डकी प्रदेश सदस्य हुन् ।
पृथ्वीनारायण क्याम्पसका पूर्वप्राध्यापक पनि हुन् । कास्की पुरनचौरका गौतम पत्नी गीता र ३ छोरी सहित पोखरा गैरापाटनमा बस्दै आएका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया