लिटल फ्लावरमा सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण

पोखरा ।
रिठेपानीस्थित लिटल फ्लावर एजुकेसनल एकेडेमीको सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह भएको छ । कार्यक्रम उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार मेजर जगवहादुर गुरुङले कक्षामा सिकेका विषयवस्तु व्यवहारमा उतार्न विद्यार्थीहरुलाई सुझाव दिए ।
कार्यक्रममा प्रिन्सिपल विकल पौडेलले भावी योजनासहित प्रगति विवरण प्रस्तुत गरे । उनले विद्यालयका संस्थापक कमल खड्का र देवी खड्काले यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको जानकारी दिए ।
विविध सांस्कृतिक कार्यक्रमका साथै गत शैिक्षक सत्रका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरुलाई मेडल प्रदान गरिएको कार्यक्रममा विद्यालयका इन्चार्ज रामप्रसाद अभिकारीले मन्तव्य राखेका थिए ।
कक्षा ११ की विद्यार्थी वर्षा तामाङले विद्यार्थीका तर्फबाट स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कक्षा ११ का संयोजक विष्णुहरि पौडेलले तथा पुरस्कार वितरणका छुट्टाछुट्टै विधाका कार्यक्रम मावि इन्चार्ज रामकृष्ण आचार्य, प्रावि इञ्चार्ज हेमा पुन, अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने, सहसंयोजक लक्ष्मी गुरुङले गरेका थिए ।
शिक्षक लक्ष्मी घिमिरे र विद्यार्थी सुदीक्षा सुनारले कविता वाचन, विद्यार्थी जस्मिन श्रेष्ठले भाषण गरेका थिए । विद्यालय व्यवस्थापन समितिमा रहेर योगदान गरेका पदाधिकारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । विद्यालयमा सात सय विद्यार्थी छन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया