जागरुक नागरिक समाजमा रामहरिको नेतृत्व

समाधान संवाददाता २०७९ फागुन १ गते १२:२४

लेखनाथ ।
जागरुक नागरिक समाज पोखरा २६ को प्रथम अधिवेशनले रामहरि ढुंगानाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ । नवगठित समितिको उपाध्यक्षमा जगननाथ तिमिल्सेना, सचिव सावित्री भट्टराई, सहसचिव भीमप्रसाद सुवेदी(सन्तोष) र कोषाध्यक्षमा सुजना आचार्य ढुंगाना छन् ।

समाजका सदस्यमा रमेश थापा, पारस बास्तोला, सुजना खनाल अधिकारी, लक्ष्मीप्रसाद ढुंगाना (एलपी), माधवप्रसाद पौडेल, सीता बस्ताकोटी, बालकृष्ण गौतम, रामेश्वर अधिकारी, डिल्लीरमण भण्डारी र उपेन्द्र वञ्जरा छन् ।

समाज सुशासन, विकास र समृद्धिका लागि नागरिक सञ्जाल भन्ने नाराका साथ स्थापना भएको हो । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सभ्य र आदर्श समाज निर्माणका लागि नागरिक समाजको तर्फबाट खबरदारी जरुरी हुने बताए ।

Advertisement

लेखनाथ नगरपालिकाका संस्थापक नगर प्रमुख शालिकग्राम पौडेलले राम्रो कामलाई प्रोत्साहन र खराब कामको खुलेर विरोध गर्नु नै नागरिक समाजको काम भएको जनाए ।

समाजका अध्यक्ष रामहरि ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा लोक सांस्कृतिक संरक्षण समिति अध्यक्ष जगननाथ तिमिल्सेना, रामज्योति मावि व्यवस्थान समिति अध्यक्ष रंगनाथ तिमिल्सेना, लेखनाथ उद्योग बाणिज्य संघका उपमहासचिव जानुका अधिकारी, समाजसेवी मुरारी बराल, अधिवेशन संयोजक भीमप्रसाद सुवेदी (सन्तोष) र सदस्य एलपी ढुंगानाले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया