एक्स आर्मी स्कुलको वार्षिकोत्सव

पोखरा ।
बिषयगत प्रर्दशनीसहित पोखरा १७ मा रहेको एक्स आर्मी पब्लिक स्कुलको २३ औं वार्षिकोत्सव मनाइएको छ । बिषयगत प्रर्दशनी तथा रोबर्ट प्रर्दशनी सहित शनिबार बिद्यालयको वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह भएको हो ।
समारोहमा विद्यालयले जनप्रतिनिधिलाई सम्मान गरेको छ । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगी, सदस्य विक्रम गुरुङ लगायतलाई सम्मान गरेको विद्यालयका प्रिन्सिपल मोहनलाल पौडेलले बताए ।
सो अवसरमा विद्यालयले जग्गाधनी कविराज आचार्य, शिक्षक मीना पोख्रेल, जमुना थापा र शारदा केसी तथा कर्मचारी मैनाकुमारी खाँडलाई समेत सम्मान गरेको छ ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिकाप्रसाद आचार्यले विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिन आग्रह गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्गबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण केसी, विद्यालय सञ्चालक समितिका अध्यक्ष गोपाल बराल, सृजना माविका प्राचार्य डोलराज पाण्डे, पूर्व विद्यार्थी एन्जिला सुवेदी, शिक्षक कृष्ण काफ्ले लगायतले बोलेका थिए ।
कक्षा ७ का विद्यार्थीले निर्माण गरेको रोवर्ट, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, गणित, चित्रकला, हस्तलेखनसम्बन्धी पूर्वप्राथमिकदेखि प्लस टु सम्मका बिषयगत प्रर्दशनी भएका छन् ।
समारोहमा विद्यार्थीले विभिन्न सांस्कृतिका प्रस्तुतिसमेत गरेका थिए ।








पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया