फागुन ४ गते गण्डकी सरकार स्थापना दिवसको सार्वजनिक विदा

पोखरा ।
गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा ४ गते बिहीबार प्रदेशभर सार्वजनिक विदा हुने भएको छ । २०७९ सालमा प्रदेशले दिने सार्वजनिक विदामा उक्त दिन पनि समावेश छ ।
गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद बैठकले यो वर्षका विदाबारे निर्णय गरेको थियो । विदाको निर्णय राजपत्रमा प्रकाशित छ । संघ सरकारले दिएका बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म विदा दिनसक्छ ।
गण्डकी प्रदेशको तत्कालीन मन्त्रिपरिषदले २०७९ मा असार २९ गते भानु जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस र चैते दसैं चैत १५ गते विदा गर्ने निर्णय गरेको थियो ।
संघ सरकारले फागुन १ गते जनयुद्ध दिवसमा विदा दिएको थियो । त्यसअघि माघ १ गते पोखरामा जहाज दुर्घटना भएपछि २ गते शोकविदा दिएको थियो । त्यसो त सरकारले लोकतन्त्रपछि पहिलोपटक पुस २७ गते पृथ्वी जयन्तीको विदा दिएको थियो । हालैमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक विदाहरु धेरै भएको बताएका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया