ग्रीन भ्याली सहकारीको चौँथो स्थापना दिवस

पोखरा ।
ग्रीन भ्याली बहुउद्देश्य सहकारीले चौँथो स्थापना दिवस तथा तेस्रो वार्षिकउत्सव मनाएको छ । वार्षिक उत्सवको पूर्वसन्ध्यामा पोखरा १६ मा सरसफाई तथा फोहोर व्यवस्थापन सम्बन्धी वृहत अभिमुखीकरण कार्यक्रम भएको थियो ।
‘फोहोरलाई मोहर बनाउने अभियान, स्रोतबाट फोहोर व्यवस्थापन नै दिगो समाधान’ भन्ने नारा सहित स्थापना गरिएको सहकारीले पोखरा महानगरपालिकालाई डम्पिङसाइट रहित शहर बनाउने उद्देश्य राखेको छ ।
नगर निकास प्रमुख श्री केशव अधिकारीले फोहोरलाई मोहोरमा परिणत गर्न सकिने बताए । उनले कुहिने र नकुहिने फोहोर छुट्याई कुहिने फोहोरलाई कम्पोष्ट मलका रुपमा र नकुहिने फोहोरलाई पुन प्रयोगमा ल्याउन सकिने बताए । पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले सहकारीको कामको प्रशंसा गर्दै शुभकामना दिए ।
स्थापना दिवसको अवसरमा सहकारीले बचत तथा ऋण कारोबार समेत शुरु गरेको छ । फोहोरलाई मोहर बनाउने अभियानलाई अझ प्रभावकारी बनाउन रिसाईकल बचतमा व्याजदर बृद्धि गरिने योजना रहेको सहकारीले बताएको छ ।









कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया