सचिव पंगेनीलाई १ लाख रुपैयाँको सर्वोत्कृष्ट निजामती पुरस्कार

पोखरा, ४ फागुन
गण्डकी प्रदेश सरकारले पाँचौं स्थापना दिवसको अवसरमा उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकी सचिव मनमाया पंगेनी भट्टराई पंगेनीले १ लाख रुपैयाँ राशिसहितको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेकी छन् ।
फागुन ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवामा काम गर्ने कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेको थियो । निजामती सेवा अध्यादेश, २०७९ को दफा ११३ बमोजिम पुरस्कृत गर्ने सक्ने व्यवस्था छ । उत्कृष्ट निजामतीतर्फ तीन जनालाई सरकारले ७५ हजार रुपैयाँका दरले सम्मान गरेको छ ।
पूर्णेश्वर सुवेदी, डिल्लीराम रिज्याल र बाबुराम आचार्यले उक्त पुरस्कार पाएका छन् । डिभिजन वन कार्यालय लमजुङमा कार्यरत सुवेदी अधिकृत दशौं हुन् । यस्तै, रिज्याल यातायात व्यवस्था कार्यालय सवारी कास्कीका दशौं तहका अधिकृत हुन् । पुरस्कृत भएका आचार्य मनाङको स्वास्थ्य कार्यालयमा कार्यरत छन् । उनी मनाङमा वरिष्ठ जनस्वस्थ्य अधिकृत हुन् ।
सरकारले ५० हजार नगदसहितको पुरस्कार ६ जनालाई प्रदान गरेको छ । करुणा राई अधिकृत आठौंका प्रदेश संग्राहलय पोखरा, विवेक सिग्देल इन्जिनियर पूर्वाधार विकास कार्यालय मुस्ताङ, अनिल सुवेदी अधिकृत सातौं कृषि ऊर्जा तथा जलस्रोत मन्त्रालय पोखरा, रामेश्वर ढुंगाना अधिकृत छैटौं आर्थिक मामिला मन्त्रालय पोखरा, विष्णु पोखेल पौडेल सहायक पाँचौं प्रदेश लोक सेवा आयोग पोखरा र गण्डकी प्रदेश सभा सचिवालयका सहायक पाँचौं तहका सूर्यबहादुर बानियाँ उक्त पुरस्कारबाट पुरस्कृत भएका छन् ।









महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
आर्थिक सुधार गर्दै मझेरी सहकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया