२९ युनिट रगत संकलन

समाधान संवाददाता २०७९ फागुन ५ गते ११:४५

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय पोखरा महानगर कमिटीले खुला रक्तदान आयोजना गरेको छ । कार्यक्रममा ६ महिलासहित २९ जनाले रक्तदान गरेको संगठनका गण्डकी प्रदेश कमिटीका सचिव बेनीराज थिङले बताए ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रकाश शाहले यातायात मजदुर ट्राफिक प्रहरी र सडकको साथी भएको बताए । ‘यातायात मजदूरका कारणले मात्र नभएर बिना इन्जिनिरिङ सडक निर्माण, सवारी साधनको अवस्थाले समेत सडक दुर्घटना हुन्छ,’ उनले भने, ‘सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सरोकारवालाको भूमिका रहन्छ ।’

उनले अत्यन्तै जोखिम र संवेदनशील पेशा भएकाले यातायात मजदूरको सवाललाई ट्राफिक प्रहरीले बुझेको उल्लेख गरे । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि परिषद्का उपप्रमुख कर्णसिं गुरुङले यातायात क्षेत्र सुधारका लागि संयुक्त मजदुर संगठनले पेश गरेको १० बुँदे मागलाई राज्यका निकायले सम्बोधन गर्नुपर्ने बताए ।

Advertisement

कार्यक्रममा संगठन उपमहासचिव तथा गण्डकी प्रदेशका इन्चार्ज विष्णुबहादुर पराजुली, संगठनका प्रदेश कमिटी सचिव थिङ, संगठन निजी तथा आवासीय विद्यालय पोखरा महानगर कमिटी अध्यक्ष रुद्रमान प्रधानले यातायात मजदूरका माग पूरा गराउन एकजुट भएर लाग्नुपर्ने उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया