दुर्गा भगवती र शिव मन्दिरमा पाला उद्घाटन

पोखरा ।
पोखरा १४ चाउथे दुर्गा भगवाती टोलमा दुर्गा भगवती र शिव मन्दिरमा २१६ पाला निर्माण गरि उद्घाटन भएको छ । मन्दिरको आज वडा नम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले समुदघाटन गरेका हुन् । वडाध्यक्ष कार्कीले धर्म, संस्कृतिको संरक्षण सम्बद्र्धनमा वडा कार्यालयले टोल विकाससंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
मन्दिर व्यवस्थापकका अध्यक्ष अमरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्गा भगवती टोल विकास संस्थाका अध्यक्ष कुम बहादुर गुरुङ र मन्दिर निर्माण संयोजक केयरमान श्रेष्ठ ले पाला निर्माण भएको थियो ।
कार्यक्रम टोल विकास संस्थाका सचिव नारायण जिसीले संचालन गरेका थिए । वडा कार्यालयको ५१ हजार, स्थानीय विष्णुमाया भुजेल र पुर्ण बहादुर गुरुङको सहयोगमा पाला निर्माण गरिएको हो । त्यसैगरी स्थानीय लालबहादुर गुरुङ र तारा गौतमले मन्दिरका लागि घण्टी सहयोग गरेका थिए ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया