अवैध घरेलु मदिरा एवं कच्चा पदार्थ नष्ट

रासस, वालिङ
प्रहरीले चापाकोट नगरपालिकाका विभिन्न भेगबाट ठूलो मात्रामा अवैध घरेलु मदिरा एवं कच्चा पदार्थ नष्ट गरेको छ ।
प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार चापाकोट नगरपालिकाका विभिन्न भेगबाट ५६५ लिटर तयारी अवैध घरेलु मदिरा र १०० लिटर मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले बताएका छन् ।
मङ्गलबार प्रहरीले इलाका प्रहरी कार्यालय रत्नपुर, प्रहरी चौकी चापाकोट, प्रहरी चौकी मल्याङकोट, अस्थायी प्रहरी पोष्ट दामाचौरबाट छुट्टाछुट्टै खटिएको टोलीले आफ्नो कार्यालयको जिम्मेवारीभित्र पर्ने स्थानबाट तयारी अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको तयारी मदिरा तथा कच्चा पदार्थलाई इलाका प्रहरी कार्यालय रत्नपुरमा स्थानीय बुद्धिजिवी, भद्रभलाद्मी, जनप्रतिनिधि एवं पत्रकारको रोहबरमा नष्ट गरिएको हो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया