कञ्चनजंघा स्कुलको वार्षिकोत्सव

पोखरा ।
पोखरा ११ मा अवस्थित कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलले २१ औं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार गरेको छ । कार्यक्रममा भद्रकाली बहुमुखी क्याम्पसका प्राध्यापक बुद्धिसागर सापकोटाले शिक्षाको विकासबिना मानव सभ्यता र जीवनअघि नबढ्ने उल्लेख गरे ।
समारोहमा गत वर्षको वार्षिक परीक्षामा कक्षा ५ सम्म सर्वाेकृष्ट बन्ने विद्यार्थीबाट कक्षा १ का अभिषेक गुरुङ र कक्षा १० सम्मका विद्यार्थीमा कक्षा ८ की रिनाशा शर्मा पुरस्कृत बने । विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलले स्कुलमा आगामी योजना प्रस्तुत गरेको समारोहमा विद्यार्थीले विविध सांगीतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।
विद्यालय सञ्चालक समिति अध्यक्ष लक्ष्मीदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय निर्देशक श्रीजंग गुरुङ, शिक्षक सुरेन्द्र सदिच्छा, नेपाली विभागीय प्रमुख सावित्री शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रममा खेलकुद प्रतियोगिता र अतिरिक्त क्रियाकलापका विजेता र शैक्षिक सत्र ०७८ को शैक्षिक पुरस्कारसमेत प्रदान गरिएको थियो ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया