बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मी साइबर अपराधको आरोपमा पक्राउ
समाधान संवाददाता
२०७९ फागुन ८ गते ११:१९

काठमाडौं।
बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालका अनुसार थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको हो । साइबर अपराधको आरोपमा पक्राउ परेका रेग्मीको आजै अदालतमा म्याद थप गरिनेछ ।
गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको बुझिएको छ ।
रेग्मीले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोपमा साइबर ब्युरोमा केही दिन अघि उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बुझिन आएको छ ।
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया