देउसीभौलोको रकमले सेनिटरी प्याड

समाधान संवाददाता, पर्वत
महिनावारी हुँदा विद्यालय जानै समस्या हुने किशोरी केन्द्रित सेनेटरी प्याड उपलव्ध गराइएको छ । विद्यालय पुगेपछि महिनावारी हुँदा कक्षा छाडेर घर फर्कनु पर्ने बाध्यता हटाउन बिहादी गाउँपालिका ५ उरामका महिला र किशोरीले प्याडको व्यवस्था गरेका हुन् । गत तिहारमा देउसीभैलो खेलेर जम्मा गरेको रकमले चन्द्र माविमा प्याड उपलव्ध गराएका हुन् ।
धौलागिरि युवा महिला समूहले सेनिटरी प्याड उपलब्ध गराउन थालेका हुन् । युवा महिला समूहकी सचिव अस्मिता परियारले भनिन् ‘आफैं रकमजम्मा गरेर समस्या समाधानकालागि अग्रसर भयौं, उनले थपिन्, ‘देउसीमा जम्मा भएको २५ हजार रुपैयाँले सेनिटरी प्याड खरिद गरेर विद्यालयलाई हस्तान्तरण गरियो ।’
विद्यालयले महिला शिक्षकको जिम्मामा सेनेटरी प्याड वितरण गर्ने र समस्या समाधान गर्दै आएको प्रधानाध्यापक लेखनाथ न्यौपानेले जानकारी दिए । समूहले विद्यालयमा सेनेटरी प्याड वितरणसँगै सहकारी संस्थासमेत सञ्चालनमा ल्याएका छन् ।
उरामपोखरा युवा महिला बचत तथा ऋण सहकारी संस्थामामा १ सय ८० जना स्कुलका छात्रा देखि विवाहित महिला सदस्य छन् । उनीहरुले २ लाख रुपैयाँ बचतसमेत संकलन गरेका छन् । सहकारीबाट ऋण लगानीगरी युवा महिलाले व्यवसायसमेत सञ्चालन गर्दै आएको सहकारीकी सदस्य लक्ष्मी भुसालले जानकारी दिइन् ।
वडा अध्यक्ष शेरबहादुर केसीले समाज सुधारमा महिला समूहको कदम विकासप्रेमी भएको बताए । महिलालाई प्लान नेपाल र इन्प्रेड नेपाललेसमेत सहयोग र सहजीकरण गर्दै आएका छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया