नगरवासीका गुनासा सुन्न व्यास नगरपालिकाका मेयरको पहल

कृष्ण न्यौपाने
दमौली
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानले जनताको गुनासा प्रत्यक्ष सुने । नगरवासीका गुनासा, विकास निर्माणमा भएका ढिलासुस्ती र नगरवासीको सुझाव संकलन गर्ने उद्देश्यले नगरपालिकाले प्रत्येक सोमबार १ घaन्टा नगर प्रमुखसँग संवाद कार्यक्रम सुरु गरेको हो । नगरप्रमुख न्यौपानेले गुनासालाई सम्बोधन गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले भने, ‘स्थानीय तहमा निर्वाचित भएको २ वर्षको अवसरमा यो कार्यक्रम सुरु गरेका हौं, यसले नगरवासीको गुनासो सुन्न र सुझाव सङ्कलन गर्न मार्गदर्शन मिल्नेछ ।’
तनहुँको व्यास नगरपालिकाले सोमबारदेखि सुरु गरेको ‘नगरवासीसँग नगरप्रमुख’ संवाद कार्यक्रममा नगरवासीले एक पछि अर्को गर्दै गुनासा राख्न सुरु गरे ।
व्यास ३ शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष विनु श्रेष्ठले पक्की नाला निर्माणको क्रममा प्राविधिक नआउँदा अनुगमन हुन नसकेको गुनासो गरिन् । उनले नगर प्रमुख वैकुण्ठ न्यौपानेसँग १ महिनादेखि अनुगमन हुन नसकेको गुनासो सुनाउँदै प्राविधिक पठाइदिन माग गरिन् ।
व्यास २ स्थित श्री टोल विकास संस्थाका अध्यक्ष रुद्रमाया पौडेलले जथाभावी लत्रिएका तारले दुर्घटना बढाएको पटक–पटक वडाध्यक्ष र सदस्यलाई समेत जानकारी गराए पनि कुनै सुनुवाई नभएको गुनासो गुनासो गरिन् । व्यास ४ हरिओम टोल विकास संस्थाका अध्यक्ष हरिशचन्द्र वाग्लेले योजना पूरा भएपछि भुक्तानीका लागि समस्या हुने गरेको गुनासो गरे ।
व्यास २ स्थित जनजागृति टोल विकास संस्थाका अध्यक्ष रामनाथ रिमालले दमौली बजारको चोक–चोकमा विकासको नाममा भएको विनाश रोक्नुपर्ने बताए । व्यास ४ बागबजार टोल विकास संस्थाका अध्यक्ष टीकाराम दाहालले सडक छेउमा जथाभावी पार्किङ गरिँदा दुर्घटना बढेको भन्दै पार्किङको व्यवस्थापनका लागि नगर प्रमुखको ध्यानाकर्षण गराए ।
कार्यक्रमका सहभागीले खानेपानी, ढल, सडकका समस्या सुनाउँदै समस्या समाधानका लागि नगरप्रमुखको ध्यानाकर्षण गराए ।
नगरप्रमुख न्यौपानेले सार्वजनिक सेवालाई अझ गुणस्तरीय, प्रभावकारी एवं सहज र सुलभ गराउँदै प्रतिफलमुखी विकासको अवधारणा एवं जनमुखी प्रशासनको सिद्धान्त बमोजिम भावी लक्ष्यलाई नतिजामुखी बनाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले समायोजनले प्राविधिक सरुवा भएपछि योजनाको अनुगमनका समस्या भएको जानकारी दिए । संघीय सरकारले कर्मचारी नपठाए आन्तरिक स्रोतबाट भए पनि १ वडा १ प्राविधिक राख्ने विषयमा नगरपालिकाले योजना बनाइरहेको उनको भनाइ थियो ।
नेकपा व्यास नगर कमिटी अध्यक्ष श्रीराम कार्की र नेपाली कांग्रेस तनहुँका सचिव विश्व बास्तोलाले नगरपालिकाले सुरु गरेको संवाद सकारात्मक भएको भन्दै शासनको पारदर्शितामा सघाउने बताए । हरेक सोमबार ११ः३० देखि १२ः३० बजेसम्म नगरवासीसँग नगर प्रमुख संवाद कार्यक्रम सञ्चालन हुनेछ । संवाद कार्यक्रममा नगरपालिकाका उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, विभिन्न वडाका अध्यक्ष लगायत सहभागी थिए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया