प्रजातन्त्र दिवसमा शिक्षकलाई पोखरा ३२ काे सम्मान
लेखनाथ ।
पोखरा महानगरपालिका वडा नंं ३२ ले ७३ औं प्रजातन्त्रको दिवसको अवसरमा शिक्षकलाई सम्मान गरेको छ । वडा नं ३२ भित्र रहेका ८ सामुदायिक र ५ निजीका गरी २६ जना शिक्षकलाई सम्मान गरिएको हो ।
सभामा वडाध्यक्ष अक्कलवहादुर कार्कीले गुणस्तरीय शिक्षा अपरिहार्य रहेकाले शिक्षा र स्वास्थ्यमा वडाले कुनै कसर बाँकी नराख्ने बताए । आगामी दिनमा उत्कृष्ट कार्य गर्ने गुरुहरुको सम्मान गर्ने परम्परा बसाल्न खोजिएको उनको भनाइ छ ।
कार्यक्रममा वडा सदस्य तीर्थबहादुर सुयाँल, नेपाली कांग्रेसका वडा उपसभापति नारयणप्रसाद वाग्ले, संस्थागत विद्यालयको तर्फबाट हरि धमला, सामुदायिक विद्यालयको तर्फबाट पृतिराज पण्डित, राधाकृष्ण गुरुकुल विद्याश्रमका अध्यक्ष नरेन्द्रप्रसाद रेग्मी, हिमालय आधारभूत विद्यालयका अध्यक्ष अर्जुन मल्ल, राप्रपा वडा सभापति नारायणप्रसाद सुवेदी, वडा सचिव माधवप्रसाद तिवारी लगायतले बोलेका थिए ।







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया