एमालेका पोलिटब्युरो सदस्य जगतलाई पितृशोक

पोखरा ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य जगत विश्वकर्मालाई पितृशोक परेको छ । विश्वकर्माका ८७ वर्षीय बुवा डिलबहादुर सुनारको आइतबार राति आफ्नै निवास घार्मीमा निधन भएको हो ।
लामो समयदेखि सुगर र प्रेसर रोगबाट पीडित सुनारको हिन्दू परम्परा अनुसार सोमबार दिउँसो स्थानीय देउराली घाटमा अन्त्यष्टि गरिएको छ । जगतलाई उनका कान्छा छोरा जगतले दागबत्ती दिएका थिए ।
विसं १९९३ जेठ २ गते घार्मीमा जन्मेका सुनारले आफ्नो जीवनकालमा महेन्द्र माविको स्थापना, लामाचौर स्वास्थ्य चौकी, घार्मी वृहत खानेपानी, सडक निर्माण लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका थिए । दलित अधिकार र ग्रामीण क्षेत्रको विकासमा अगुवाइसमेत गरेका थिए ।
सुनारको शवमा नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, एमाले सचिव पद्मा अर्याल, नेता दामोदर वैरागी, मायानाथ अधिकारी, वाम विश्लेषक झलक सुवेदी, नेता दीपक पौडेल, शोभामोहन पौडेल लगायतले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । डिलबहादुरका१ छोरा जगत र ४ छोरी छन् ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया