साल्मेडाँडा चिनाउन हाइकिङ

पोखरा ।
परपर देखिने ससाना घरहरु । डाँडा–डाँडामा बनाइएका टावर । बगिरहेका खोला नाला । कुदिरहेका मान्छे, गाडीहरु । आँखाले भेटुन्जेल देखिने जीवन, जगत् । स्याङ्जा फेदिखोला गाउँपालिकाको साल्मेडाँडाको दृश्य कुनै चित्रकारको क्यानभास भन्दा कम सुन्दर छैन ।
डाँडामा बनाइएको शहिद स्मारकले झनै ऐतिहासिक ‘टाइम ट्राभल’ गराउँछ । स्थानीयको अग्रसरतामा बनाइएका नयाँ संरचनाले डाँडामा नयाँ रंग थपेको छ । तर पर्यटक भने सूचना कमीका कारण उति जाँदैनन् । पोखराबाट मात्र ९ किलोमिटर टाढा रहेपनि साल्मेडाँडा पर्यटकीय गन्तव्यका रुपमा अझै मञ्चन भइसकेको छैन ।
साल्मेडाँडालाई चिनाउन लगभग २ सय जना स्थानीय अगुवा, समाजसेवीले हाइकिङ कार्यक्रम आयोजना गरेका छन् । हाइकिङमा पोखराका समाजसेवी, अगुवा, पत्रकार सहभागी थिए । बेलायतमा बस्ने नेपालीहरुले खोलेका विभिन्न संघसंस्थाका पदाधिकारीको पनि सहभागिता उच्च थियो ।
बेलायतका ब्रिकन सहरका मेयर डेभिड मेरेडिथ समेत हाइकिङमा गएका थिए । मट्टिखानबाट साल्मेडाँडासम्म हाइकिङ आयोजना गरिएको थियो । मट्टिखानको भ्यू टावरबाट सुरु भएको हाइकिङ साल्मेडाँडामा पुगेर औपचारिक कार्यक्रम पछि सकिएको थियो ।
बेलायतमा बस्ने यस क्षेत्रका अगुवाहरुको विशेष पहलमा हाइकिङ आयोजना गरिएको हो । फेदिखोला समाज युकेका अध्यक्ष हरि गुरुङले साल्मेडाँडामा पर्यटक ल्याउन सके विस्तारै आफैं फस्टाउन सक्ने बताए । साल्मेडाँडाको नाम सुनेपनि यसको अवस्थितिबारे थाहा नपाउनु प्रचारकै कमी भएको भन्दै उनले प्रचारमा ध्यान दिन जोड दिए ।
सोमबार हाइकिङ गर्नुअघि स्याङ्जाको पुरानो सदरमुकाम नुवाकोटमा पनि पुगेको थियो । नुवाकोटमा रहेको पुरानो दरबारको भग्नावशेष, कालभैरवको मन्दिर अवलोकन गरिएको पोखरेली समाज युकेका अध्यक्ष करम गुरुङले बताए । सदरमुकाम सरेपछि उजाडिएको उक्त ठाउँको पुनर्उत्थानका लागि काम थाल्नुपर्ने उनको सुझाव थियो ।









पिपिएलए गण्डकीमा कमल अर्याल
मेलाको रमाइलो, झोलामा तरकारी
चन्द्रावतीको ‘कहरको त्यो समय’ लोकार्पण
जनप्रियको गरिमा कायम राख्छुः अध्यक्ष पहारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया