नेपालमा १० हजार विशेषज्ञ डाक्टर

समाधान संवाददाता २०७९ फागुन १० गते १०:४७

काठमाडौं ।
नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने चिकित्सकको संख्या ३२ हजार नाघेको छ । काउन्सिलमा दर्ता हुनेको संख्या ३२ हजार ३१८ पुगेको रजिस्ट्रार डाक्टर कृष्णप्रसाद अधिकारीले जानकारी दिए । नेपालमा विशेषज्ञ चिकित्सकको संख्या १० हजार नाघेको छ ।

विशेषज्ञता हासिल गर्ने चिकित्सक १० हजार ८० पुगेको हो । जसमध्ये १ हजार ८० जनाले इन्टरनल मेडिसिन विशेषज्ञ चिकित्सकको रुपमा काउन्सिलमा दर्ता गराएका छन् ।

९ सय ९४ जनाले स्त्री तथा प्रसूति रोग विशेषज्ञको रुपमा नाम दर्ता गराउँदा जनरल सर्जरीमा ९ सय ४७, अर्थोपेडिक्समा ८ सय ५, पेडियाट्रिकमा ७ सय ८१ जनाले विशेषज्ञको रुपमा दर्ता गराएका छन् ।

Advertisement

रेडियोलोजी तथा इमेजिङ, लगायतमा विषेशज्ञता हासिल गर्ने चिकित्सकको दर पनि बढेको काउन्सिलको आँकडाले देखाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया